रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

रुपन्देही खबर , ३२३  पटक हेरिएको

भैरहवा, मंसिर ५

रुपन्देही क्षेत्र नम्बर २ मा यो समाचार तयार पार्दा सम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम गर्नु भएको छ।  रुपन्देही दुईमा ३०२० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलले १०९३ मत प्राप्त गर्नु भएको छ भने एमालेका बिष्णु पौडेलले ९६४ मत प्राप्त गर्नु भएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री बिष्णु पौडेल निरन्तर पछाडि परेका छन् । शुरुवाती चरण देखि नै पछाडि परेका पौडेल अहिलेसम्म अगाडि लाग्न सकेका छैनन् । 

सत्ता गठबन्धनको समर्थन पाउनु भएको केशव बहादुर थापा सुर्यबंशीले ७३२ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेको गड मानिएको क्षेत्रबाट मत गणना गर्दा पनि रास्वपाको घण्टी चुनाव चिन्ह अगाडि बढेपछि बुटवलका एमालेजनमा निद्रा हराएको छ ।  

प्रकाशित मिति: २०२२-११-२१ , समय : २२:२२:४९ , २ वर्ष अगाडि