राप्रपाका वरिष्ठ नेता दीपक बोहरा अग्र स्थानमा

रुपन्देही खबर , २०५  पटक हेरिएको

भैरहवा, मंसिर ६

राप्रपाका वरिष्ठ नेता दीपक बोहरा अग्र स्थानमा रहेका छ्न । यो समाचार तयार पार्दा सम्म गृहमन्त्री बालकृष्ण खाँण मतगणनामा पछाडि पर्नु भएको छ । सोमबारदेखि सुरु भएको मतगणनामा उहाले रुपन्देही–३ मा नेकपा (एमाले) को सहयोगमा उम्मेदवार बन्नु भएको राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई पछि पार्दै आउनु भएको थियो । तर मंगलबार बोहराले खाँणलाई पछाडि धकेल्नु भएको हो ।

बोहराले ४ हजार ५ सय ७० र खाँणले ४ हजार ३ सय १९ मत पाउनु भएको छ । उहा ३५१ मतले पछाडि पर्नु भएको छ । खाँण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिनु भएको थियो ।

राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी–१ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके–१ मा धवलशमशेर राणा र रुपन्देही–३ मा दीपक बोहरा छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १३:३४:३४ , २ वर्ष अगाडि