कपिलवस्तु क्षेत्र नम्बर २ (१) मा एमालेका नवराज लामिछाने निर्वाचित

धनी राम कोरी , ३८५  पटक हेरिएको

कपिलवस्तु , मंसिर ८

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्य पदमा नेकपा एमाले पार्टीका उमेदवार नवराज लामिछाने (भुपाल) निर्वाचित हुनु भएको छ । कपिलवस्तु मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार लामिछाने २१ हजार २४६ मतसहित निर्वाचित हुनु भएको हो । उहाको निकटतम् प्रतिस्पर्धी कांग्रेस पार्टीका उम्मेदवार विक्रम सिंह थापाले २० हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १२:२०:४४ , १ वर्ष अगाडि