साथी

सुस्मिता उपाध्याय , ४४६  पटक हेरिएको

भैरहवा, मंसिर २४

भगवानको अमुल्य उपहार हौ तिमी
जिवनको बाच्ने आधार हौ तिमी
म रुदा नि हास्न सिकाउछौ तिमी
कठिन समयमा हात समाउछौ तिमी

भन्ने गरीन्छ तिमीलाई भेटउन छ गाहो
त्यसैले त तिमी मलाई लाखौमा प्यारो
संसारमै तिम्रो स्थान छ सबैभन्दा माथि
यस्तो अटुट सम्बन्धको नाम हो साथी

हिडने मन छ मेरो सधै तिम्रो हात समाइ
भुल्छु आफनो सबै दुख तिम्रो साथ पाइ
तिमी नै हौ मेरो प्रथम अनि अन्तिम कमाइ
काटने मन छ सारा जिवन तिमी संग रमाइ

साथी शब्द सानो भए नि अर्थ ठुलो जनाउने
शत्रु बिच नि माया यहि शब्दले पलाउने
नडराई संगै लडछु संकट आए तिमी माथि
कहिल्यै नटुटने पबित्र सम्बन्धको नाम हो साथी

प्रकाशित मिति: २०२२-१२-१० , समय : ०८:४१:३८ , १ वर्ष अगाडि