बसन्त पंचमीको अवसरमा भैरहवा नमुना माबिमा शुभकामना आदानप्रदान

उर्मिला यादव यात्री , ३६९  पटक हेरिएको

भैरहवा , माघ १२

भैरहवा नमुना माध्यमिक बिद्यालय सिनपा ५ भैरहवाले आज बसन्त पंचमी अर्थात सरस्वती पुजाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख खानले शिक्षाको देवी सरस्वती माता भएकोले आज बिद्यार्थी लगायत सबैको महत्वपुर्ण दिन भएको बताउनु भएको छ । उहाले भैरहवा नमुना माबि भैरहवाको मुख्य स्थानमा भएकोले यो बिद्यालय भैरहवाको शानको रुपमा रहेको उल्लेख गर्नु भयो । यस बिद्यालयमा दक्ष शिक्षक र बिद्यालयबाट राम्रो बिद्यार्थी उत्पादन भएकोले यस बिद्यालयको बिकासको लागी नगरपालिकाले सधै सहयोग गर्न तयार रहेको खानले बताउनु भयो ।

यस्तै गरी कार्यक्रमका अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले भैरहवा नमुना माबि भैरहवाको सबै भन्दा पुरानो बिद्यालय भएकोले यसको बिकास र संरक्षणको लागी नगरपालिका लगायत बिभिन्न सामाजिक ब्यक्तित्वहरुबाट सहयोग हुदै आएको बताउनु भएको छ । उहाले पहिलेको तुलनामा अहिले बिद्यालयमा दक्ष शिक्षक ,शिक्षिका भएकोले बिद्यार्थीको गुणस्तरमा पनि सुधार भएको बताउनु भएको छ । उहाले यस बिद्यालयको मुल्यांकन गरी बिद्यालयको शिक्षक शिक्षिकाको लागी पुरस्कारको ब्यवस्था गर्न आग्रह गर्नु भएको छ । उहाले गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई नगरपालिकाले सहयोग गर्न अनुरोध पनि गर्नु भएको छ । फरक प्रसंगमा बोल्दै अध्यक्ष गुप्ताले नगरपालिकाले संचालन गरेको सुर्तीजन्य पदार्थको बिक्रीबितरण रोक अभियानको सम्मान गर्दै धन्यवाद दिनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाले महत्वपुर्ण निर्णय गरेको र सुर्ती तथा भोलाजन्य पदार्थको बिक्रीबितरणमा अन्य नगरपालिकाले पनि रोक लगाउनु पर्ने बताउनु भयो । गुप्ताले नगरपालिकाको यो निर्णयले बिद्यार्थीहरुमा पनि भोला खाने बानीको सुधार भएको र अबदेखि बिद्यालयको गेट भित्र सुर्तीजन्य पदार्थ छिर्न नदिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

यस्तै गरी कार्यक्रममा सिनपा ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले सरस्वती माताले सबैको मनोकामना पुरा गरुन भनेर शुभकामना ब्यक्त गर्नु भएको थियो । यस्तै गरी कार्यक्रममा भैरहवा नमुना माध्यमिक बिद्यालयको भवन निमार्णका आर्थिक संयोजक तथा समाजसेबी ओमकार गौचनले सरस्वती माताले सबै बिद्यार्थीको शैक्षिक क्षेत्रमा सुधार गरुन भन्दै शुभकामना दिनु भएको थियो । उहाले भैरहवा नमुना माबिको भवन निमार्णको लागी महायज्ञको आयोजना गरेर १ करोड रुपैया संकलन गरी प्राबिधिक भवन निमार्ण गर्न सफल भएको बताउनु भएको छ ।

बिद्यालयका शिक्षक बासुदेव पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष नारायण अग्रवालले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन बिद्यालयका शिक्षक रिक बहादुर खत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२६ , समय : २१:१७:१८ , २ वर्ष अगाडि