रामग्राम नगरपालिकाद्धारा पवन मा.बि.का १ सय १२ जना छात्राहरुलाई निःशुल्क साइकल वितरण

डोल्मा चौधरी , १६०  पटक हेरिएको

परासी , बैशाख २५

रामग्राम नगरपालिकाले पवन माध्यमिक विद्यालयकाका १ सय १२ जना छात्राहरुलाई निःशुल्क रुपमा साइकल वितरण गरेको छ । लुम्बिनी प्रदेश सरकारको छोरी पढाऊँ छोरी बचाऊँ कार्यक्रम अन्र्तगत करिब १० लाख बराबरको साईकल वितरण गरिएको हो । कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।

साइकल वितरण गर्दै रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले छात्राहरुलाई नियमित कक्षामा पहुँच पुगोस भनेर साइकल वितरण गरिएको बताउनु भयो । समयमै विद्यालय पुग्न साईकल अति नै सहज माध्यम हुने भएकोले छात्राहरुलाई लक्षित गरी साईकलन वितरण गरिएको हो । नगरप्रमुख यादवले पवनलाई जस्तै अन्य विद्यालयलाई पनि नमूना बनाउँदै लैजाने बताउनु भएको छ ।

साइकल वितरण कार्यक्रममा रामग्राम नगरपालिका वडा नम्बर २ अध्यक्ष निरज रौनियार, वडा नंम्बर ३ का अध्यक्ष उज्जवल न्यौपाने, वडा ४ का अध्यक्ष मदन यादव, वडा ६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठी, वडा ७ का वडाअध्यक्ष रविन्द्र यादव, शिक्षक अभिभावक सघंका अध्यक्ष जयराम गुप्ता, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लव अधिकारी, प्रधानाध्यापक अरविन्दकुमार पाठक, शिक्षक तोेरेन्द्र जिसीले छात्राहरुलाई प्रदान गरिएको साइकलका कारण उनीहरुको कक्षा नियमित हुने बताउनु भएको थियो ।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १०:१८:२० , १ वर्ष अगाडि