अनिल यादव , ५४२ पटक हेरिएको
परासी, जेष्ठ २०
स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ । शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ । सो संस्थाका जिल्ला समन्वय समिति नवलपरासी संयोजक शालिकराम पोखरेल पालिकाहरुमा ध्यानकर्षण पत्र बुझाउँदै नेपाल सरकारले विभिन्न मञ्चहरुमा गरेको प्रतिबद्धता बमोजिम उक्त माग राखेको बताएका छन् ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवलाई अभियानका संयोजक पोखरेलले ध्यानकषर्ण पत्र बुझाउँदै १० बुँदे माग राखिएको जनाए । उनका अनुसार कोभिड १९ बाट शिक्षामा परेको असर वा असमान्ता र सबैले शिक्षा पाउने कुराको सुनिश्चित्ता गर्न आवश्यक रहेको बताए । शिक्षामा विश्वासनियता, पार्दर्शिता र दक्ष जनशक्ति सहित दक्ष संयन्त्रको विकास हुन आवश्यक रहेको उक्त अभियानले जनाएको छ । शिक्षालाई परिणममुखि बनाउँदै शिक्षाबाट कसैलाई पनि वञ्चित नगराउन संयोजक पोखरेले भने । यस्तै दिवा खाजालाई प्रभावकारी बनाउँदै माध्यमिक तह सम्म अनिवार्य निशुल्क शिक्षा, सिमान्तकृत समुदायका बालबालिकाहरु लाई विद्यालयमा निरन्तरता सार्वजनिक विद्यालयमा लगानी र शिक्षकहरुमा क्षमता अभिवृद्धि लगायतको कुरामा जोड् दिन माग राखिएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति पाल्पाले संचालन गरेको अभियानलाई नवलपरासीमा शालिकराम पोखरेलेलाई संयोजकको रुपमा जिम्मा लगाईएको छ ।
प्रकाशित मिति: २०२३-०६-०३ , समय : २१:१५:५४ , १ वर्ष अगाडि