आइतबारदेखि रोहिणीका सामुदायिक बिद्यालयहरु अनिश्चितकालीन बन्द हुने

उर्मिला यादव यात्री , १३६३  पटक हेरिएको

भैरहवा, असार १

आइतबारदेखि रोहिणीका सामुदायिक बिद्यालयहरु अनिश्चितकालीन बन्द हुने भएका छ्न । नेपाल बिद्यालय कर्मचारी परिषद रोहिणी गाउपालिका कार्यसमिति रुपन्देहीले आज रोहिणी गाउपालिकाका अध्यक्ष विद्या प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउदै असार ३ गते आइतबारदेखि सामुदायिक बिद्यालयहरु अनिश्चितकालीन बन्द गर्ने जनाएको हो ।

सामुदायिक बिद्यालयहरुमा कार्यरत कर्मचारीहरुको न्यून पारिश्रमिक रहेकोले पुर्ण सेवा सुबिधा सहित पेशागत स्थायित्वको विषयमा नेपाल सरकारको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बुदा नम्बर १२७ मा उल्लेख भएको तर बजेटमा नसमेटिएकोले नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीको निर्णय अनुसार सामुदायिक बिद्यालय आइतबारदेखि पुर्ण रुपमा बन्द गर्न लागिएको हो ।
ज्ञापनपत्र बुझाउदै नेपाल बिद्यालय कर्मचारी परिषद रोहिणी गाउपालिकाका अध्यक्ष सन्तोष कुमार सिंहले बिगत लामो समय देखि सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको माग पूरा नभएकोले जेठ ३० गते देखि नै आन्दोलनका कार्यक्रम हुँदै आएको जानकारी दिनु भएको छ । उहाले केन्द्रको निर्णय अनुसार नै यही असार ३ गते देखि देशब्यापी रुपमा सामुदायिक बिद्यालय बन्द गर्ने कार्यक्रम अनुसार नै रोहिणीका सामुदायिक बिद्यालयहरु बन्द गर्न गाउपालिकालाई ज्ञापनपत्र बुझाएको बताउनु भएको छ । सामुदायिक बिद्यालयका कर्मचारीको पारिश्रमिकमा नेपाल सरकारले शोषण गरेकोले आफ्नो माग सहित आन्दोलनको कार्यक्रम तय गरिएको बताउनु भयो । उहाले आन्दोलन शान्तिपूर्ण तरिकाले हुने जानकारी दिनु भएको छ ।
यस्तै गरी नेपाल बिद्यालय कर्मचारी परिषद रोहिणी गाउपालिका कार्यसमिति रुपन्देहीले इलाका प्रहरी कार्यालय धकधइमा ज्ञापनपत्र बुझाउदै आफ्नो आन्दोलनलाई हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

नेपाल बिद्यालय कर्मचारी परिषद रोहिणी गाउपालिकाका अध्यक्ष सन्तोष कुमार सिंहले रोहिणी गाउपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत, गाउपालिकाका वडाध्यक्षहरुलाइ पनि ज्ञापनपत्र बुझाउदै जानकारी गराइएको बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०६-१६ , समय : १७:१८:१७ , १ वर्ष अगाडि