शिक्षकहरुका लागि शिक्षण क्षमता विकास तालिम सम्पन्न

rupandehi khabar , २५०  पटक हेरिएको

मर्चवार, असार ५

मर्चवार क्षेत्रका निजी विद्यालयका शिक्षकहरुका लागि शिक्षण क्षमता विकास तालिम सम्पन्न भएको छ । मर्चवार निजी विद्यालय संघको आयोजनामा मंगलबार सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवामा तालिम सम्पन्न भएको हो । अध्यापन शैलीमा गुणस्तरीयता ल्याउन संघमा आबद्ध मर्चवार क्षेत्रका १८ विद्यालयका ५० जनालाई तालिम दिइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार शिक्षकहरुलाई गामा मोडेलमा अध्यापनको लागि शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । विद्यार्थीहलाई सजिलै बुझाउन सकिने, कक्षामा प्रस्तुत हुने तरिका, विद्यार्थीसँग गरिने व्यवहार, शिक्षण क्षमताको विकासबारे तालिम प्रदान गरिएको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले समाजलाई शिक्षित बनाउन निजी विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । उहाले मर्चवार क्षेत्रमा निजी विद्यालयको संख्या बढिरहेको बताउँदै शैक्षिक गुणस्तर कायम राख्न आग्रह गर्नु भएको छ । एकदिने तालिममा सि.वि. पब्लिक हाई स्कूलका प्रिन्सिपल तथा प्रशिक्षक उदय कुमार मल्लिकले सहजीकरण गर्नु भएको थियो । संस्थाका अध्यक्ष जितेन्द्र सिंहको अध्यक्षतामा तथा सचिव सुखराम यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बि.सं. २०६४ सालमा स्थापना भएको मर्चवार निजी विद्यालय संघले निजी विद्यालयहरुको व्यवस्थापनमा सुधार, शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: २०२३-०६-२० , समय : २३:३४:३५ , १ वर्ष अगाडि