रोहिणी गाउँपालिका भित्रका विद्यालयहरुमा जाडाे बिदा

यही पुस १९ गतेदेखि पुस २४ गतेसम्म विद्यालय बन्द रहने

रुपन्देही खबर , १०४१  पटक हेरिएको

भैरहवा, पुस १८

मौसम प्रतिकुल भइ जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिका भित्रका विद्यालयहरु बन्द हुने भएका छ्न। जाडो बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यहि पुस १९ गतेदेखि पुस २४ गतेसम्म गाउपालिका भित्रका सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द हुने रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ ।

गाउँपालिकाले आज सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको हो ।

प्रकाशित मिति: २०२३-०१-०२ , समय : १५:३८:०० , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्