आज साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय

रुपन्देही खबर , ६३५  पटक हेरिएको

काठमाडौं, बैशाख १६

स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज साँझ ५ बजे सम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

उम्मेदवारहरूले नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।

त्यसपछि भने आयोगले आजै अन्तिम नामावली प्रकाशन गर्नेछ । आयोगको कार्यतालिका अनुसार शनिवार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । ७ सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ

 

प्रकाशित मिति: २०२२-०४-२९ , समय : ११:०७:०८ , २ वर्ष अगाडि