पुर्वमन्त्री कंडेलद्वारा नवलपरासी क्षेत्रनम्बर- २ बाट मनोनयन दर्ता

रुपन्देही खबर , ७९१  पटक हेरिएको

नवलपरासी, असोज २३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री देवेन्द्रराज कंडेलले नवलपरासी क्षेत्र नम्बर- २ बाट मनोनयन दर्ता गराउनु भएको छ ।


आइतबार देवेन्द्रराज कंडेलले नेपाली कांग्रेसका पश्चिम नवलपरासीका जिल्ला सभापति,प्रतिनिधि सभाका सदस्य, क्षेत्रीय सभापति लगायत हजारौ स्थानिय नेताकार्यकर्ताहरुको उपस्थितिमा गृह जिल्ला पश्चिम नवलपरासीको मुख्य निर्वाचन कार्यालयमा पुगि उम्मेदवारी दर्ता गराउनु भएको उहाँको स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको छ ।

कंडेलको उम्मेदवारी मनोनयनमा प्रस्तावक प्रतिनिधि सभा सदस्य, क्षेत्रीय सभापति माधव प्रसाद पाण्डे र समर्थकमा जिल्ला सदस्य राजेन्द्र सहानी रहनु भएको छ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १६:५८:२७ , ४ वर्ष अगाडि