रुपन्देही खबर , ८०४ पटक हेरिएको
परासी, असोज २६
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन ४० दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो।
आयोगले नवलपरासी पश्चिम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यकालागि स्वतन्त्र उम्मेदवार बनेका खड्ग बस्नेतलाई खानेपानीको धारा चुनाव चिन्ह दिएको छ। निर्वाचन अधिकृतको कार्यालयले बुधबार बस्नेतलाइ चुनाव चिन्ह दिएको हो।
प्रकाशित मिति: २०२२-१०-१२ , समय : २०:१०:०६ , ४ वर्ष अगाडि