गुल्मी क्षेत्रनम्बर १ कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा आज पुनः मतदान सुरु

रुपन्देही खबर , २८७  पटक हेरिएको

गुल्मी, मंसिर ६

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यसैले भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनु भएको छ ।

यो केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने छ । गुल्मी १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।

गुल्मी क्षेत्र नम्बर २ को भने मतगणना जारी छ । नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पारेका छन्

प्रकाशित मिति: २०२२-११-२२ , समय : ०८:५७:०६ , २ वर्ष अगाडि