रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री खाँण अग्र स्थानमा

रुपन्देही खबर , ८३३  पटक हेरिएको

भैरहवा, मंसिर ६

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अग्रता लिनु भएको छ । ९ हजार १ सय ४० मतगणना हुँदा खाँणले ३ हजार ४ सय १९ मत पाउनु भएको छ । उहालाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले ३ हजार ३ सय ७० मत सहित पछ्याइ रहनु भएको छ ।

रुपन्देही–३ मा मायादेवी गाउँपालिका वडा नम्बर ७, ८ तथा तिलोत्तमा नगरपालिका–१४ को मतगणना सकिएको हो । सियारी गाउँपालिका–१ को मतगणना अहिले जारी छ ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १०:४६:३७ , १ वर्ष अगाडि