रुपन्देही क्षेत्र नम्बर ४ (२) मा नेपाली काङ्ग्रेसका वसीउद्दीन खाँ विजयी

आधिकारिक घोषणा गर्न बाकी

रुपन्देही खबर , ६३१  पटक हेरिएको

भैरहवा, मंसिर ७

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी हुनु भएको छ । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी हुनु भएको हो ।
उहाका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ प्राप्त गर्नु भएको छ भने जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाउनु भएको छ ।

निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँ लाई आधिकारिक रुपमा विजयी घोषणा नगरिएको बताउनु भएको छ । प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उहाको भनाइ छ ।

प्रकाशित मिति: २०२२-११-२३ , समय : १२:४२:५६ , १ वर्ष अगाडि