नवलपरासी क्षेत्रनम्बर २ प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवार बस्नेत ७२ मतले विजयी

रुपन्देही खबर , ४७६  पटक हेरिएको

सुनवल , मंसिर ७

नवलपरासी निर्वाचन क्षेत्र २ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत ७२ मतले विजयी हुनु भएको छ। बस्नेत आफ्नो निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई पछाडि पार्दै ७२ मतले विजयी हुनु भएको हो ।

बस्नेतले १२ हजार ४ सय ४९ मत पाउनु भएको छ भने दोस्रो स्थानमा रहनु भएको राप्रपाका उम्मेदवार प्रधानले १२ हजार ३ सय ७७ मत प्राप्त गर्नु भएको छ । उक्त क्षेत्रमा कुल ६६ हजार ५०२ मतदाता रहेकोमा ४६ हजार ३ सय ९५ मत खसेको थियो।  

प्रकाशित मिति: २०२२-११-२३ , समय : १९:५७:५७ , १ वर्ष अगाडि