भैरहवा नमुना माध्यमिक बिद्यालयको ७१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

उर्मिला यादव यात्री , ३४३  पटक हेरिएको

भैरहवा, चैत ४

भैरहवा नमुना माध्यमिक बिद्यालय सिनपा ५ रुपन्देहीको ७१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आन्नद प्रसाद गुप्ताको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उदघाटन गर्दै नगरप्रमुख खानले आर्थिक अभावमा बालबालिकाहरुलाई शिक्षाबाट बन्चित गर्न नहुने बताउनु भएको छ । उहाले बालबालिकाको शिक्षाका लागी अभिभावकहरुले मेहनत गर्नुपर्ने बताउदै मेहनती,गरीब ,जेहन्दार बिद्यार्थीहरुको लागी चन्दा अनुदान जे गरेर भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । उहाले बालबालिकाको प्रतिभालाई सम्मान गर्दै उनीहरुको इच्छा अनुसार नै शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो ।


नगरप्रमुख खानले भैरहवा नमुना माबिले बिभिन्न किसिमका नमुना काम गर्दै आएको बताउनु भएको छ । उहाले बालबालिकाको क्षमता बिकासका लागी बालगठन लगायतमा नगरपालिकाले सहकार्य गर्दै आएको बताउनु भयो । उहाले सरकारी बिद्यालयमा राम्रो पढाइ नहुने आमजनमानसको सोचाइ भएको बताउदै आज यही बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरु बिभिन्न ओहदामा रही कार्य गर्दै आएको भन्दै बिद्यालयको प्रशंसा गर्नु भएको छ । भैरहवा नमुना माबि भैरहवाको नमुना बिद्यालय भएको र आगामी दिनहरुमा यस बिद्यालयबाट बैज्ञानिक उत्पादन हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बोल्दै सिद्धार्थनगर नगरपालिकाको आगामी बजेट र शिक्षा नितिमा बिद्यालयको आवश्यकता अनुसार सम्बोधन गर्ने बताउनु भएको छ । उहाले शिक्षा प्राप्त गरेर युवाहरु बिदेश पलायन हुने भएकोले सानो लगानी, अनुदान र सहयोगमा स्थानिय निकायमा ब्यापार र उद्योग खोल्न सके देशमा नै केहि गर्न सकिने बताउनु भयो । उच्च शिक्षा हासिल गरेका युवाहरुलाई स्वदेशमा नै केहि गर्र्न आग्रह गर्दै उपप्रमुख अधिकारीले नगरपालिकाबाट बिशेष सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक चुन्नु प्रसाद पाण्डेले बिद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै बिगतका आर्थिक बर्षमा बिद्यालयमा धेरै काम भएको बताउनु भएको छ । उहाले सिद्धार्थ नगर नगरपालिकाको सहयोगमा तराइ बिकास कार्यक्रम अन्र्तगत १ करोडको आर्थिक सहयोगमा बिद्यालयको प्रशासनिक भवन निमार्ण भएको जानकारी दिनु भएको छ । उहाले कक्षा कोठामा बिद्युतीकरण गरीएको , फर्निचर लगायत पंखाको पनि ब्यवस्था गरीएको बताउनु भयो

उहाले सिनपा वडा नम्बर ५ को सहयोगमा बिद्यालयमा पिउने पानीको ब्यवस्था गरिएको समेत जानकारी दिनु भयो । यस्तै गरी बिद्यालयमा कम्प्युटर ल्याब, ४० बिद्यार्थी एकैपटक बसेर अध्ययन गर्न सक्ने ब्यवस्थित कोठा र लाइब्रेरीको ब्यवस्थापन गरीएको जसमा ९ हजार भन्दा बढी पुस्तक रहेको जानकारी दिनु भयो । उहाले बिद्यालयमा धेरै सुधार भएको र बिभिन्न दाताहरुबाट सहयोग हुदै आएको समेत बताउनु भयो । उहाले दाताबाट प्राथमिक शिक्षा निमार्णका लागी जिन्सी र प्राबिधिक सहयोग प्राप्त हुदै आएको जानकारी दिनु भएको छ । कक्षा १ देखि १२ सम्म कक्षा उत्तिर्णदर बिस्तारै सुधार भएको बताउदै १ देखि कक्षा १० सम्मको शैक्षिक उपलब्धीस्तर ५३ दशमलव ५ पुग्न सफल भएको जानकारी दिनु भयो । जेहेन्दार, शैक्षिक बिकास , खेलकुद लगायतको बिकासका लागी बिभिन्न दाताहरुले छात्राबृतिको ब्यवस्था गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक जगतबहादुर रायमाझीको स्वागत मन्तब्य रहेको कार्यक्रममा चित्रसेन प्रसाद निसाद सहानी, बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ता , सिनपा ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, कृष्ण शर्मा, सिद्धार्थनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष बिरेन्द्रनाथ श्रीवास्तव , समाजसेवी अर्जुन जैसवाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमम गरिब, जेहेन्दार बिद्यार्थीहरुलाई बिभिन्न दाताहरुबाट प्रदान हुदै आएको छात्रबृति प्रदान गर्दै सम्मान गरीएको थियो भने बिद्यालय ब्यवस्थापन देखि बिद्यालयको हरेक गतिबिधीमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका शिक्षकहरुलाई पनि सम्मान गरीएको थियो । कार्यक्रममा बिद्यार्थीहरु द्धारा बिज्ञान प्रर्दशनी गर्नुका साथै कला संस्कृति झल्किने प्रस्तुतीहरु पनि प्रस्तुत गरेका थिए । हाल बिद्यालयमा १ हजार ६० जना छात्र, ६ सय ७१ छात्रा गरी कुल बिद्यार्थी एक हजार सात सय ३१ जना रहेका छन भने बिद्यालयमा ७८ जना शिक्षक छन ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ११:०४:११ , १ वर्ष अगाडि