लुम्विनी प्रदेशका जिल्लामा पाठ्यपुस्तक निर्धारित समयमै पुग्छ: राम विनय श्रेष्ठ

विनोद गैरे , १९३  पटक हेरिएको

बुटवल, चैत ९

जनक शिक्षा समग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख राम विनय श्रेष्ठले आफुहरु निर्धारित समयमै लुम्विनी प्रदेशका सम्पूर्ण जिल्लामा पाठ्यपुस्तक उपलव्ध गराउन लागिपरेको जानकारी दिनुभएको छ । लिमिटेडको वुटवल स्थित कार्यालयमा भएको भेटघाट कार्यक्रममा श्रेष्ठले केन्द्रको चैत्र १५ गतेवाट देशभर एकैसाथ विक्रि खोल्ने निर्णय अनुसार आफुहरुपनि तिव्ररुपमा तैयारीमा लागिपरेको जानकारी दिनुभएको छ । विगतका वर्षहरुमा यस क्षेत्रका व्यवसायीहरुले ठुलो सास्ती व्यहोर्नु परेको गुनासो आइरहेको प्रति इङ्गित गर्दै यसपाली कसैलाई पनि निराशा नबनाउने र सहज, सरल र समानुपातिक ढंगवाट सम्पूर्ण जिल्लाका व्यवसायीहरुलाई पाठ्यपुस्तक वितरण गरिने जानकारी दिनुभएको छ ।


कार्यालयको स्टोरमा कक्षा ८को २÷३ विषय बाहेक अन्य कक्षाहरुको पाठ्यपुस्तक आईसकेको र वाँकी रहेका पाठ्यपुस्तक पनि तुरुन्तै आउने प्रक्रियामा रहेको जनक शिक्षा समग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेशिक कार्यालय बुटवलका स्टोर किपर राजेश श्रेष्ठले जानकारी दिनुभएको छ । बिगतका वर्षहरुमा व्यवसायीले खरिद गरेको विल अनुसारको रकम भुक्तानी गर्न बैंक नजिक नहुदा व्यवसायीहरुलाई सास्ती भएको महसुस गर्दै यस पटक कनेक्ट आईपिएस र क्युयार स्क्यान वाट कार्यालयमै विल अनुसारको रकम भुक्तानी गर्न सकिने सहज वातावरण समेत व्यवसायीलाई सिर्जना गरिएको कार्यालयका लेखा शाखा प्रमुख विष्णु पन्थीले जानकारी दिनुभएको छ ।

कार्यालयले नयाँ दर्ता गर्न इच्छुक व्यवसायीलाई प्रकृया पुरा गरि दर्ता गर्न र दर्ता भईसकेका व्यवसायीलाई नविकरण गर्न समेत सुचित गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०६:३१:०७ , १ वर्ष अगाडि