तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणना जारी, वाग्लेको अग्रता कायमै

रुपन्देही खबर , ५५७  पटक हेरिएको

काठमाडौं , बैशाख ११

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन । राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १२:०६:५१ , २ वर्ष अगाडि