तनहुँ-१ मा ३४ हजार ९ सय ११ मत प्राप्त गरी स्वर्णिम वाग्ले निर्वाचित

रुपन्देही खबर , ३८५  पटक हेरिएको

तनहुँ , बैशाख १२

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले निर्वाचित हुनु भएको छ। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उहाले ३४ हजार नौ सय ११ मत प्राप्त गर्नु भएको छ ।

उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नु भएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिनु भएको छ ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

 

प्रकाशित मिति: २०२३-०४-२५ , समय : ०८:२९:४४ , १ वर्ष अगाडि