रुपन्देही खबर , ३४ पटक हेरिएको
कञ्चन, भदौ १७
रुपन्देहीको कञ्चन गाउँपालिकामा संचालित श्री रुद्रपुर माध्यमिक बिद्यालयमा अध्ययन गरेर बिभिन्न क्षेत्रमा कृयाशिल पुर्व बिद्यार्थीहरुको भेलाले पुर्व बिद्यार्थी तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक डा. सुमन आचार्यको आचार्यको अध्यक्षता रुद्रपुर माध्यमिक बिद्यालय पुर्व बिद्यार्थी समाज गठन गरेको छ। भौतिक तथा भर्चुअल रुपमा भएको पुर्व बिद्यार्थीहरुको भेलाले १३ सदस्यिय पुर्व बिद्यार्थी समाज गठन गरेको हो।
रुदैपुर माध्यमिक बिद्यालय पुर्व बिद्यार्थी समाज समन्वय समितिका संयोजक डा. सुमन आचार्यको अध्यक्षतामा भएको बिद्यार्थीहरुको भेलामा काठमाण्डौ, बुटवल, पोखरा, सुर्खेत साथै भारत, जापान, कोरिया, दुबई, कतार लगायत बिभिन्न देशमा रहेका पुर्व बिद्यार्थीहरुको भौतिक तथा भर्चुअल रुपमा सहभागिता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै रुद्रपुर माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले बिद्यालयको हरेक पक्षको चौतर्फी बिकासका लागि पुर्व बिद्यार्थीहरुको समेत अमुल्य भुमिका रहने भएकाले कुनै पनि बिद्यार्थीहरु आफुले अध्ययन गरेको बिद्यालयबाट टाढा रहन नसक्ने बताउनु भएको छ ।
यस्तै बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले आफु अहिले जुन अवस्थामा कार्यरत वा स्थापित भएका छौं त्यसको मुख्य आधार भनेको आफुले अध्ययन गरेको बिद्यालय हुने उल्लेख गर्दै आफ्नो बिद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक रुपमा पनि बलियो र सशक्त बनाउन पुर्व बिद्यार्थीहरुको महत्वपुर्ण सुझाव सहितको भुमिका बिद्यालयले अपेक्षा गरिरहेको बताउनु भयो। बिद्यालयको आसन्न स्वर्ण महोत्सवमा पुर्व बिद्यार्थीहरुको उपस्थिति र सहभागिता अनिवार्य रहेको भन्दै प्रधानाध्यापक पौडेलले स्वर्ण महोत्सवको अवसरमा पुर्व बिद्यार्थीहरुबाट पनि रचनात्मक कार्यक्रम संचालन गर्नेगरी तयारी गर्न समेत बिशेष आग्रह गर्नु भएको छ ।
यस्तै बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले आफुले अध्ययन गरेको बिद्यालय आफु जन्मेको घर सरह हुने भएकोले जसरी घर परिवारलाई राम्रो बनाउन प्रयत्न गर्छौं त्यति नै बिद्यालयलाई हरेक पक्षमा सवल बनाउन पनि पुर्व बिद्यार्थीहरुको भुमिका र प्रयास महत्वपुर्ण र जिवन्त हुने बताउनु भयो। यसैगरी रुद्रपुर माध्यमिक बिद्यालय पुर्व बिद्यार्थी समाजका संस्थापक अध्यक्ष लेखनाथ आचार्यले आफुले आफ्नो जिवनको सुरक्षित पाइलालाई अगाडी सार्न पाएको बिद्यालय शिक्षाको आधारको रुपमा रहेको रुद्रपुर माध्यमिक बिद्यालयबाट कहिल्यै टाढा नरहेको उल्लेख गर्दै बि.सं. २०७८ सालमा पुर्व बिद्यार्थीहरुको बनभोज कार्यक्रमले जन्माएको पुर्व बिद्यार्थी समाजलाई पुनर्जिवित गराउनु निकै स्रहानिय कार्य भएको बताउनु भयो। बिद्यालयको चौतर्फी बिकासका लागि पुर्व बिद्यार्थीको हैसियतले पुर्व बिद्यार्थी समाज मार्फत वा आफु एक्लैले गर्न सक्ने योगदानहरुलाई सदैव अग्रपंक्तीमा राखेर कार्य गर्न तत्पर रहेको आफ्नो समकालिन सार्थीअरुलाई समेत यस कार्यमा उत्साहित गर्नमा उत्प्रेरित गर्ने संस्थापक अध्यक्ष आचार्यले प्रतिवद्धता जनाउनु भएको छ ।
यसैगरी पुर्व बिद्यार्थी शान्ती थापाले आफुले अक्षराम्भ गरेको बिद्यालयलाई बिर्सर्नु भनेको आफ्नो जन्म दिने आमालाई बिर्से सरह हुने कुरा उल्लेख गर्दै पुर्व बिद्यार्थी समाज गठन र सकृयता बनाउनमा ढिलाई भएको भएपनि बिद्यालयको स्थापनाकाल देखिका पुर्व बिद्यार्थीहरुको खोजी गर्दै वहाँहरुको अवस्था र भुमिकाबारे अध्ययन गरी बिद्यालयमा अभिलेकिरण गर्नमा पुर्व बिद्यार्थी समाजले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो। बिद्यालयको शैक्षिक स्तरलाई राम्रो बनाउन र बिद्यार्थीहरुलाई बिद्यालय शिक्षबाट उच्च शिक्षाका लागि उत्प्रेरित गर्न पनि पुर्व बिद्यार्थी समाजको अहम भुमिकालाई अग्रस्थानमा राखेर कार्य गर्न समेत थापाले सुझाव दिनु भएको थियो।
भेलाको अध्यक्षता गर्दै पुर्व बिद्यार्थी समन्वय समितिका संयोजक तथा पुर्व बिद्यार्थी समाजका अध्यक्ष डा. सुमन आचार्यले आफुलाई उचित शिक्षा मार्फत यो समाजका लागि मैले केही गर्नु पर्छ भन्ने हौसला प्रदान गरी लक्ष्य निर्धारणको आधार तयार गर्ने बिद्यालयका लागि आफुले सक्ने योगदान गर्न एक्ला एक्लै भन्दा सामुहिक दानले अर्थ राख्ने भएकोले पुर्व बिद्यार्थी समाजको परिकल्पना गरिएको बिचार ब्यक्त गर्नु भयो। यसभन्दा अघि परिकल्पना गरेर गठन गरिएको पुर्व बिद्यार्थी समाजलाई मुर्त रुप दिएर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई आफ्नो बिद्यालयमा संचालन गर्न पनि समाजको पुनः गठन गरिएको डा. आचार्यले बताउनु भयो।
रुद्रपुर माधयमिक बिद्यालयमा भएको भेलामा पुर्व बिद्यार्थी समन्वय समितिका सह संयोजक तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य जगी लाल थापाले सहजिकरण गर्नु भएको थियो। भेलाले रुद्रपुर माध्यमिक बिद्यालय पुर्व बिद्यार्थी समाजको अध्यक्षमा सुमन आचार्य (२०६५), उपाध्यक्षमा जगिलाल थापा (२०५६), सचिवमा शान्ति थापा (२०५७), सह-सचिवमा प्रकाश क्षेत्री (२०५४) र कोषाध्यक्षमा धनसिंह राना (२०६०)लाई चयन गरेको छ । यस्तै सदस्यहरुमा कपिल ढकाल, लेखनाथ आचार्य (२०५४), दुर्गासिंह क्षेत्री (२०६०), युद्ध सलामी मगर (२०५६), युधीर दर्लामी (२०५८), दिपिका बुचा राना मगर (२०७०)बसन्ती क्षेत्री (२०७१ ) र भेष बहादुर न्यौपाने (२०५६) लाई चयन गरेको पुर्व बिद्यार्थी समाजका सह सचिव प्रकाश क्षेत्रीले जानकारी दिनु भएको छ।
प्रकाशित मिति: २०२४-०९-०२ , समय : ०९:५३:५३ , १ महिना अगाडि