भूकम्प पीडितलाइ तिलोत्तमाद्वारा १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामाग्री सहयोग

रुपन्देही खबर , २४९  पटक हेरिएको

भैरहवा, कार्तिक १८

भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ ।
नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायत कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग पठाएका हुन् ।

शुक्रबार मध्यरातमा गएको भूकम्पले नराम्ररी क्षति पुर्‍याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुनेगरी बजेट पठाएको नगर प्रमुख खाँणले बताउनु भएको छ । उहाले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुख सहितको टोलीलाई पठाएको बताउनु भएको छ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : २२:०८:५२ , ११ महिना अगाडि