मर्चवारीमा रहेका बिद्यालयहरुको समस्या छिटटै समाधान गर्ने:गाउपालिका अध्यक्ष बरई

उर्मिला यादव यात्री , २४७  पटक हेरिएको

भैरहवा, मंसिर २७

मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरईले मर्चवारी गाउपालिकामा दुई वटा एम्बुलेन्स निशुल्क परिचालन गरेको बताउनु भएको छ । श्री जनसेवा स्वालम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्चवारी ७ बगौलीको २४ औैं बार्षिक साधारण सभालाई आज बुधबार बगौलीमा सम्बोधन गर्दै उहाले आफु चुनाव भन्दा अगाडी जनतालाई सो कुराको बाचा गरेकोले आफु निर्वाचित भैसकेपछि जनतामाफ आफनो बाचा पुरा गरेको बताउनु भएको हो । उहाले कन्या बिमा योजना पालिकाले सुरुवात गरी सकेको बताउदै एक बर्ष भित्रमा १ सय ८७ बालिकाको बिमा समेत गरीसकेको जानकारी दिनु भएको छ । आफनो कार्यकाल भित्रमा नै गाउपालिकाको भवन निमार्ण गर्ने योजना रहेको गाउपालिका अध्यक्ष बरईको भनाइ छ ।

गाउपालिका अध्यक्ष बरईले मर्चवार कृषिमा पकेट क्षेत्र भएको बताउदै यहा भएको मलखादको समस्या बिस्तारै समाधान गर्दै जाने प्रतिबद्धता गर्नु भएको छ । उहाले आफनो पालिकामा मलखाद र बिउबिजनको सहजरुपमा ब्यवस्थापन गर्ने जोड दिनु भयो । गाउपालिका अध्यक्ष बरई मर्चवारी गाउपालिकामा रहेका बिद्यालयहरुमा भएको समस्यालाई छिटटै समाधान गर्ने बताउनु भएको छ । उहाले कार्यपालिकाको बैठक बसी पालिका भित्र रहेका सम्पुर्ण शिक्षकहरुलाई एक बिद्यालयबाट अर्काे बिद्यालयमा हेरफेर गर्ने बताउनु भयो । उहाले जब सम्म मर्चवारी गाउपालिका भित्रका शिक्षकहरुको हेरफेर हुदैन तब सम्म मर्चवारी गाउपालिका भित्रको शिक्षामा सुधार हुन नसक्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : २२:३६:२६ , २ महिना अगाडि